काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर २९ गते देखि प्रति कित्ता एक सयको दरका ६० करोड बराबरको ६० लाख कित्ता साधारण शेयर आईपीओ निस्काशन विक्री खुला गरेको थियो ।
उक्त ६० लाख कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता साधारण शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत शेयर अर्थात ३ लाख कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ। भने सर्वसाधारणहरुलाई ५४ लाख कित्ता शेयर निष्काशन गरिएको छ । लगानीकर्ताले न्युनतम १० कित्तामा आवेदन दिन सक्ने छन् ।
उक्त साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्युनतम १० कित्ता देखि अधिकतम ५००० कित्ता सम्म आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले सिद्धार्थ क्यापिटल लिमिटेड, नक्साल काठमाडौं, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सिआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।
उक्त आइपीओमा बुधबारसम्ममा झण्डै नौ लाखको आवेदन परिसकेको छ । (वुधवार ) बेलुका ४ :४५ बजेसम्ममा ८ लाख ७३ हजार ७९ आवेदनबाट २ करोड ३७ लाख ७६ हजार ४६० कित्ता शेयरका लागि आवेदन परेको सिद्धार्थ क्यापिटलले जनाएको छ ।