Connect IPS
IME Life

इसेवा र भाइबरबीच वित्तीय सेवा प्रदानको साझेदारी, भाइबरबाटै रकम पठाउन सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । इसेवा र राकुटेन भाइबरबीच नेपालमा भाइबर मार्फत वित्तीय सेवाहरू प्रदान गर्नका लागि साझेदारी भएको छ ।यो सहकार्यसँगै भाइबर प्रयोगकर्ताले अबदेखि सहज रूपमा आफ्नो इसेवा खाता भाइबरसँग लिंक गरि टक टाइमको रिचार्ज गर्ने तथा अन्य रकम पठाउन सक्नेछन् । यस किसिमको साझेदारी एशिया प्रशान्त क्षेत्रमा पहिलो पटक भएको छ । यो सुविधा नेपालका सबै भाइबर प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ ।

भाइबरबाटै कारोबार गर्न सकिने सुविधा दिएको विषयमा इसेवाका सिओओ रोशन लामिछानेले भने ‘ विश्वको अग्रणी म्यासेजिङ एप भाइबरसँग सहकार्य गरी नयाँ सुविधा प्रदान गर्दै छौँ । यस किसिमको सहकार्यले प्रयोगकर्तालाई नौलो अनुभुति त दिलाउनेछ नै नेपालको डिजिटल कारोबारलाई अगाडी बढाउन ठुलो भूमिका खेल्छ भन्ने विश्वास लिएका छौँ’ ।

Prabhu
Crest

यस्तै भाइबरका प्रमुख ग्रोथ अधिकृत अन्ना जन्मेन्स्कायाले ‘ हामीले सधै भाइबर प्रयोगकर्तालाई अधिकतम लाभ हुने कुराको कल्पना गरेका छौँ । हाम्रा प्रयोगकर्ताले आफ्नो वित्तीय कारोबार र रकम आदान प्रदानलाई सकेसम्म सुरक्षित र सुविधाजनक बनाउनका लागि प्लेटफर्म निर्माण गरेका छौँ । यस कार्यमा हामी नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायकसँग साझेदारी गर्न पाउँदा उत्साहित छौँ ’।

भाइबरबाट वित्तीय कारोबार गर्दा प्रयोगकर्ताले हरेक कारोबारमा न्यूनमत १० प्रतिशत वा अधिकतम १ सय सम्म क्यास ब्याक पाइनेछ । यस्तै ५० रुपैयाँ ट्रान्स्फर गर्दा ५ प्रतिशत क्यास ब्याक प्राप्त गर्न सकिनेछ । यसबाहेक साप्ताहिक आधारमा आकर्षक उपहार तथा भौचर जित्ने मौका मिल्नेछ । बम्पर उपहारमा एकजना भाग्यशाली प्रयोकगर्ताले ल्यापटप उपहार पाउनेछन् ।

नेपालमा हालसम्म म्यासेन्जिङ एपको प्रयोग सन्देशहरू पठाउन÷प्राप्त गर्न तथा आफन्त वा प्रियजनसँग सम्पर्क गर्नमात्र प्रयोग भइरहेकोमा प्रयोगकर्ताले अतिरिक्तसुविधा प्राप्त गर्न राखेको चाहनालाई मध्यनजर गर्दै रिचार्ज गर्न तथा वित्तीय कारोबार गर्न सकिने सुविधा दिइएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS