काठमाडौं । प्रभु बैंकको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ। बैंकले आर्थिक वर्ष ७६र७७ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ० दशमलव ५२६३ प्रतिशत नगद लाभांश गरि कुल १० दशमलव ५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सोहि लाभांश राष्ट्र बैंकले स्वीकृत गरेको बैंकले जनाएको छ ।
उक्त लाभांश बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।