काठमाडौं । साताको तेस्रो दिन आज नेप्से ५ दशमलव ७५ अंकले घटेर २०६१ दशमलव ४१ को विन्दुमा कायम भएको छ। आज बैंकिङ्, माईक्रोफाइनान्स र जीवन बीमा बाहेक अन्य क्षेत्रको उपसूचक घटेका छन् । आज दिनभरिमा २ सय ५ सय वटा कम्पनीको ९७ लाख ५५ हजार ५ सय ४७ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्त, महुली सामुदायिक लघुवित्त र गुराँस लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, ग्लोबल आइएमई लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै मल्टिपर्पोज फाइनान्सका लगानीकर्ताले ४ दशमलव ७४ प्रतिशतका दरले गुमाएका छन् । सिन्धु विकास बैंकका लगानीकर्ताले ४ दशमलव २२ प्रतिशतका दरले गुमाएका छन् ।