काठमाडौं । बैंक अफ काठमाण्डूकोे २६औं वार्षिक साधारण सभा आज एक समारोहका बिच सम्पन्न भएको छ ।बैंकको संचालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाले समितिको प्रतिवेदन पारित गरेको छ ।
साथै सभाले राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाईनान्सियल रिर्पोटिङ्ग स्टाण्ड्र्डस बमोजिम तयार वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।
सभाले आर्थिक बर्ष २०७६/७७ सम्मको संचित मुनाफाबाट २०७६ असार मसान्तसम्म मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर र चुक्ता पूँजीको ३ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।