Connect IPS
IME Life

कोरोना बीमाको दावी भुक्तानी निरन्तर बढ्दै, पाँच हजार जनाले बुझे ४७ करोड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी रकममा निरन्तर बृद्धि हुने क्रममा छ । हालसम्म झण्डै पाँच हजार जनाले कोरोना बीमा बापतको दावी भुक्तानी पाएका छन् । बीमा समितिले दावी भुक्तानीको लागि सम्पूर्ण कागजात पेश गरेको ७ दिनभित्र दावी भुक्तानी गर्न सबै बीमा कम्पनीहरुलाई निर्देशन दिएसँगै कोरोना बीमाको दावी भुक्तानीमा बृद्धि भएको पाइएको छ ।

बीमा समितिले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार कोरोना बीमाको दावी भुक्तानी गरिएको रकम ४७ करोड नाघेको छ । हालसम्म ५० हजार रुपैयाँको कोराना बीमा पोलिसीको दावी भुक्तानी एक करोड ५१ लाख रुपैयाँ दावी भुक्तानी भएको छ । त्यस्तै, एक लाख रुपैयाँको बीमा पोलिसीको ४६ करोड २६ लाख रुपैयाँ दावी भुक्तानी गरिएको छ । कूल दावी भुक्तानी ४७ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।

Prabhu
Crest

बीमा समितिका अनुसार हालसम्म चार हजार ९२८ जनाले दावी भुक्तानी बुझेका छन् । सुरुमा केही अलमल भएको कोरोना बीमाको दावी भुक्तानी पछिल्लो पटक सम्पूर्ण कागजात बुझाएको १२ देखि १५ दिनभित्र भुक्तानी दिने व्यवस्था गरिएको एक बीमा कम्पनीका सिईओले बताए । ७ दिनभित्र दावी भुक्तानी गर्ने भनिएपनि व्यवहारिक रुपमा मिलाउन १२ दिनको कार्यसीमा तोकिएको छ । बीमा कम्पनीले सम्पूर्ण कागजात पाएको ७ दिनभित्रमा बीमा पुलमा पठाउने, बीमा पुलले ७ दिनभित्रमा प्रमाणिकरण सिध्याएर सम्बन्धित कम्पनीमा पठाउने र सम्बन्धित कम्पनीले २ दिनभित्रमा बीमितलाई बोलाएर डिस्चार्ज भौचरमा हस्ताक्षर गराउने कार्यतालिका बीमक संघले बनाएको छ ।

पछिल्लो समय दैनिक ३०० देखि ५०० जनासम्मको दावी भुक्तानी भइरहेको संघले जनाएको छ । अधिकांश बीमितको कागजात आउन ढिलाई भएका कारण दावी भुक्तानी रोकिएको बीमक संघले जनाएको छ । यद्यपि बीमितहरुले महिनौंसम्म पनि कोरोना बीमाको दावी भुक्तानी नपाएको गुनासो गर्दै आएका छन् ।

उता, कोरोना बीमाको दावी भुक्तानी पहुँचवालालाई चाँडो गरिएको र पहुँच नभएकालाई ढिलाई गरिएको आरोप कम्पनीहरुमाथि लागेको छ । कोरोना लागेर घरैमा आईसोलेशनमा बसेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोरोना बीमा बापतको रकम तत्कालै भुक्तानी पाएको तर सर्वसाधारण जनताले नपाएको गुनासो उठेको छ ।

यसैबीच, कोरोना बीमाको दावी भुक्तानी हुन बाँकी रकम अझै ठूलो मात्रामा रहेको देखिएको छ । बीमा समितिबाट प्राप्त तथ्याङ्क अनुसार दुई अर्ब ७० करोड ३२ लाख ५० रुपैयाँ कोरोना बीमाको दावी भुक्तानी बक्यौता रहेको छ । उक्त तथ्याङ्क अनुसार हालसम्म २७ हजार ८५५ जनाले कोरोना बीमाको दावी भुक्तानी लिन बाँकी छ । कोरोना बीमा बीमा समितिले बीमा पुलमार्फत सञ्चालन गरेको बीमा योजना हो । सबै कम्पनीले व्यहोर्ने जोखिम समान छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS