काठमाडौँ । कुमारी बैंक लिमिटेडको बोनस शेयरमा मूल्य समायोजन भएको छ । बैंकको १०.८५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता २७३ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३०३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
बैंकको मंसिर ५ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको बीसौँ वार्षिक साधारण सभा मंसिर २९ गते, सोमबार, बैंकको रजिष्टर्ड कार्यालय, टङ्गाल, काठमाडौँमा बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।