काठमाडौं । सानिमा बैंकले आफना ग्राहकहरुका लागि “अनलाइन आवेदन दिनुहोस्, निःशुल्क क्रेडिट कार्ड पाउनुहोस् ” नारा सहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने योजना सार्वजनिक गरेको छ ।
यस योजना मंसिर १५ गतेदेखि २२ गतेसम्म अनलाइनबाट क्रेडिट कार्डको आवेदन दिने सम्पूर्ण ग्राहकहरुका बाट https://cardrequest.sanimabank.com/credit-card/online-application दिन सक्ने बैंकले जनाएको छ ।यस अवधिमा अनलाइनबाट क्रेडिट कार्ड आवेदन दिने ग्राहकहरुले निःशुल्क क्रेडिट कार्डका साथै सुलभ ब्याजदरमा मासिक किस्तामा विशेष सुबिधा पाउन सक्ने व्यवस्था गरेको बैंकले जनाएको छ ।
सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।