काठमाडौं । युनाईटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावरको आईपिओ बाँडफाँड सम्पन्न भएको छ । सो आईपिओ बाँडफाँडको नतिजा केहीबेरमा सार्वजनिक गरिने बिक्री प्रबन्ध ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।
उक्त आईपिओ नतिजा इन्स्योरेन्स खवरको वेभसाईटमा हेर्न सकिने छ । कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको साधारण शेयरको आइतबार ४ बजे बाँडफाँड गरिएको हो । कूल आवेदक पाँच लाख ४१ हजार २६३ मध्ये १० कित्ताका दरले ८१ हजार २७३ आवेदकलाई आईपिओ परेको कम्पनीले जनाएको छ ।
माग भन्दा बढि आवेदन परेकोले ४ लाख ५९ हजार ९९० आवेदकको हात खाली भएको छ । कूल निष्काशित शेयर मध्ये सामूहिक लगानी कोषको लागि ४३ हजार ६९६ कित्ता कर्मचारीहरुको लागि १७ हजार ४७८ कित्ता बाँडफाँड गरी बाँकी रहेको शेयर सर्वसाधारणलाई वितरण गरेको हो ।
आईपिओ सम्बन्धी नतिजा इन्स्योरेन्स खवरमा केहीबेरपछि हेर्न सक्नुहुनेछ ।