काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि भोलि बुक क्लोज गर्ने भएको छ । त्यसैले, आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।
उक्त लाभांशलाई कम्पनीको मंसिर २६ गते जुमबाट हुने १९औं वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।
कम्पनीको मंसिर ४ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ० दशमलव २६३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।