काठमाडौँ । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले ५४ हजार ९ सय कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाले एक सूचना प्रकाशन गर्दै यस्तो बताएको छ ।
नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाको केन्द्रीय कार्यालय, गोरखामा आइपुग्ने गरि निवेदन दिन भनेको छ ।