काठमाडौं । कात्तिक मसान्तसम्म सानिमा इक्विटी फन्डको खुद सम्पति मूल्य (न्याभ) १२ रुपैयाँ ८२ पैसा कायम भएको छ ।फन्डको न्याभ अघिल्लो महिनाको तुलनामा १२ पैसाले बढी हो । असोजमा फन्डकोे न्याभ १२ रुपैयाँ ७० पैसा थियो ।
कात्तिक सम्ममा सूचीकृत कम्पनीको शेयरमा लगानी १ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो महिनाको भन्दा ४ करोड २९ लाखरुपैयाँ बढी हो । असोजमा यस फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी १ अर्ब १९ करोड रुपैयाँ रहेको थियो ।
यस अवधिमा फन्डले ७३ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै नबिल बैंकको शेयरमा लगानी गरेको छ । नबिल बैंकको १ लाख १४ हजार ५०२ कित्ता शेयरमा १० करोड १५ लाख ६३ हजार रुपैयाँ लगानी गरिएको हो ।