काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको बोनस शेयर मूल्य समायोजन भएको छ । बैंकको ८ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता २३२ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य २५१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
बैंकको कार्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको चौधौं वार्षिक साधारण सभा मंसिर २० गते, शनिबार डिजिटल प्लाटफर्म मार्फत हुने बैंकले जनाएको छ ।