काठमाडौँ । नेपाल राष्ट्र बैंक लिमिटेडले ४ अर्ब रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम ३६५ दिनका लागि बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागेको जनाएको छ ।
नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ३ अर्ब २० करोड रूपैयाँ, ‘ख’ वर्गको विकास बैंकमा ६० करोड रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा २० करोड रुपैयाँ लगानी गर्न लागेको हो ।
बैंक तथा वित्तीय संस्थाले मंसिर १४ गते दिउँसो ३ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्न राष्ट्र बैंकले भनेको छ ।