काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स र एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५ सय ६० कित्ता, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एक लाख ९३ हजार १ सय ९४ कित्ता र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एक लाख ४० हजार ८ सय कित्ता संस्थापक समूहको शेयरहरू लिलाम बढाबढ गरी मंसिर ७ गते, आइतबार बिक्री खुल्ला गरेको थियो ।
उक्त शेयरमा नागरिक लगानी कोषको शेयरमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीले मात्र आवेदन दिन सक्नेछन् ।त्यस्तै, सूर्या लाइफ र एशियन लाइफको शेयरमा अन्य योग्य लगानीकर्ताले आजसम्म मात्र बोलपत्र पेश गर्न सक्नेछन् ।