काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । संस्थाको हिजो बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई कुल २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
संस्थाले आफ्ना शेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी १ प्रतिशत नगद लाभाश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।