काठमाडौँ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २ करोड ३ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा कम्पनीको नाफा १३५.५१ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ८६ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
पहिलो त्रैमासमा कम्पनीले बिजुली बेचेर ७ करोड ८९ लाख ८४ हजार रूपैयाँ आम्दानी गरेको छ । उक्त रकम गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ९.६५ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ७ करोड २० लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ १७ पैसा र प्रतिशेयर नेटवर्थ ७० रुपैयाँ १३ पैसा रहेको छ ।