काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले प्रस्ताव गरेको ११ प्रतिशत लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ ।बैंकले यस आर्थिक वर्षमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले साधारण सभाका लागि मंसिर २० गते डोकेको छ ।
उक्त सभा प्रयोजनका लागि बैंकले मंसिर ११ गते एक दिन बुक क्लोज गर्ने भएकाले भोलिसम्म शेयर सुरक्षित गर्नुपर्ने भएको हो ।