काठमाडौं । निकट भविष्यमा नै स्टक डिलरको काम सुरु गर्न गइरहेको नागरिक स्टक डिलर कम्पनीले धितोपत्र बजार सम्बन्धी कारोबारको लागि प्रस्ताव आह्वान गरेको छ ।
कम्पनीले धितोपत्र सम्बन्धी कारोबार गर्दै आएका पाँच वर्ष अनुभव भएका कम्पनीलाई तीन वर्षको लेखा परिक्षण प्रतिवेदन तथा आवश्यक कागजात सहित दरखास्त आह्वान गरेको छ । कम्पनीले धितोपत्र सम्बन्धी सेवा लिनको लागि सो सम्बन्धी कार्य गर्ने कम्पनीहरुलाई सूचिकृत हुन प्रस्ताव आह्वान गरेको हो ।
कम्पनीले यही मंसिर महिनाबाटै धितोपत्र सम्बन्धी कारोबार सुरु गर्दैछ । दोस्रो बजारमा अस्वाभिक रुपमा छोटो अवधीका लागि शेयर खरिद बिक्री गरी हुने चलखेल राक्ने उद्देश्यले नेपाल धितोपत्र बोर्ड र नेप्से लगायतका सम्बद्ध निकायको सहकार्यमा स्थापना भएको नेपाल स्टकल डिलर कम्पनीले ठूलो मात्रामा शेयर खरिद गर्नेछ ।