काठमाडौँ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर सूचिकृत हुनुका साथै शेयर कारोबार पनि फुकुवा भएको छ ।
बैंकको २ लाख १८ हजार ७ सय ४६ कित्ता बोनस शेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।
नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुचीमा राखेपछि बैंकको शेयर कारोबार रोक्का भएको थियो ।