Connect IPS
IME Life

भारतको लक्ष्मी विलास बैंक टाट उल्टियो, व्यवस्थापन आरबिआईको कब्जामा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोना महामारीकै बीचमा भारतमा लक्ष्मी विलास बैंक टाट उल्टिएको छ । लगातार खराब कर्जा बढ्दै गएको तथा मुनाफामा उच्च गिरावट आएपछि नियमनकारी निकाय भारतीय रिभर्ज बैंकले व्यवस्थापन कब्जामा लिएर अनुसन्धान अघि बढाएको छ ।

भारतीय रिजर्भ बैंकका अनुसार सर्वसाधारणलाई मासिक २५ हजार रुपैयाँ भारु मात्रै निकाल्न पाउने गरी सीमा लगाएको छ । यही नोभेम्वर १८ मा भारतीय रिजर्भ बैंकले लक्ष्मी भिलास बैंक टेकओभर गरेको हो । कोरोना सुरु भएपछि भारतीय रिजर्भ बैंकले बैंक टेकओभर गरेको यो दोस्रो घटना हो । भारतीय अघि मार्च ५ मा एस बैंकको व्यवस्थापन टेक ओभर गरेको थियो ।

Prabhu
Crest

लक्ष्मी भिलास बैंकका खातावालाहरुले डिसेम्बर १६ तारिखसम्म मासिक २५ हजार रुपैयाँ मात्रै झिक्न पाउँछन् । उक्त बाहेक औषधी उचपार खर्च र अध्ययन खर्च बापतको रकम प्रमाणका आधारमा निकाल्न पाउने गरी भारतीय केन्द्रीय बैंकले व्यवस्था गरेको भारतीय सञ्चार माध्यम डिक्कान क्रोनिकलले जनाएको छ ।

आरबिआईले बैंकको सञ्चालक समिति निलम्बन गरेर बैंकका उच्च अधिकारीलाई नयाँ प्रशासक नियुक्त गरिसकेको छ । आरबिआईका अनुसार लक्ष्मी विलास बैंकको वित्तिय अवस्था लगातार खराब हुँदै आएको छ । पछिल्लो तीन वर्षमा बैंक लगातार घाटामा छ र यसको नेटवर्थ पनि घटीरहेको छ । नन फरफरर्मिङ एसेट(एनपीए) पनि निरन्तर बढिरहेकोले आरबिआईले हस्तक्षेप गरेको हो ।

सो बैंकको सबै बचतकर्ताहरुको पाँच लाखको दरले निक्षेप बीमा गरिएकोले बैंक डुबेको अवस्थामा सबै खातावालले प्रतिव्यक्ति पाँच लाखसम्मको निक्षेप भने बीमा कम्पनीले व्यहोर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS