काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सिटी एक्सप्रेस फाइनान्स लिमिटेडलाई गाभ्नका लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ ।
बैंकको हिजो बसेको सञ्चालक समिति बैठकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो ।
दुवै कम्पनीको असोज २८ गते, बुधबार सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई १००ः३० कित्ताको अनुपातमा गाभ्न थालेको हो ।