काठमाडौं । आरएमडीसी लघुवित्तको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।लघुवित्तको मंसिर २२ गते बोलाएका वार्षिक साधारण सभाले मंसिर ८ गतेबाट मंसिर २२ गतेसम्म बुक क्लोज गर्दैछ । जसका कारण आजसम्म शेयर खरिद गरी कायम रहने लगानीकर्ताले सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । कम्पनीले १३ करोड ४८ लाख ९८ हजार ५१३ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । त्यस्तै, ४ करोड ४९ लाख ६६ हजार १७१ रुपैयाँ नगद बाँड्नेछ । यसैगरी, गत आर्थिक बर्षको नाफा नोक्सान हिसाब माथि छलफल गरी पारित गर्नेछ ।
सभा संस्थाको रजिष्टर्ड कार्यालय, पुतलीसडक काठमाडौंमा बिहान ११ भर्चुअल माध्यमबाट सुरु हुने लघुवित्तले जनाएको छ ।