Connect IPS
IME Life

युनाइटेड इदी मर्दी हाइड्रोपावरको आइपीओ सबैले नपाउने, गोला प्रथाबाट वितरण गरिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । युनाइटेड इदी मर्दी हाइड्रोपावरको साधारण शेयर (आइपीओ) निष्काशन गरेको तेस्रो दिन ६६ लाख १२ हजार १६० कित्ताका लागि आवेदन परेको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आजसम्म कुल ३ लाख ५४ हजार ५ सय ८१ जना आवेदकले ६६ करोड १२ लाख १६ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । कूल ८१ हजार २७३ जना आवेदकले गोलाप्रथाबाट पाउने शेयरका लागि आवेदन भर्ने क्रम अझै जारी छ ।

उक्त आईपिओमा सर्वसाधरणको तर्फबाट माग गरिएको भन्दा ८ दशमलव १३ गुणा बढी हो । कम्पनीले ८ लाख १२ हजार ७३६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

Prabhu
Crest

कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको २ लाख ४३ हजार ९१० कित्ता सेयरसमेत थप गरी कुल ८ लाख ७३ हजार ९१० कित्ता सेयर खुला गरेको हो । यसमध्ये ४३ हजार ६९६ कित्ता सेयर म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ ।

यस्तै, कर्मचारीका लागि १७ हजार ४७८ कित्ता सेयर छुट्याइएको छ । बाँकी रहेको शेयर सर्वसाधारणमा खुला गरिएको हो ।कम्पनीको आइपीओमा लगानीकर्ताले प्रतिकित्ता १ सय रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

हाल कम्पनीले कास्कीमा ७ मेगावाट अपर मार्दीखोला हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । यसको प्रतिमेगावाट लागत २० करोड ३९ लाख ७६ हजार रुपैयाँ रहेको छ । कम्पनीको विद्युत उत्पादन अनुमति पत्र ३० वर्ष बाँकी रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS