काठमाडौं । शाइन रेसुङ्गा डेभपलमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन भएको छ ।बैंकको ११ लाख १९ हजार ५ सय ९६ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन भएको कम्पनीले जनाएको छ ।
शेयर संरचना पश्चात् बैकको शेयर स्वामित्व संस्थापकको ५४ दशमलव ८५ प्रतिशत र सर्वसाधारणको ४५ दशमलव १५ प्रतिशत रहेको छ ।