काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर निष्काशन गर्न अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।
बैंकले १ः१ अर्थात एक कित्ता शेयर बराबर एकको अनुपातमा ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद शेयर निष्काशन गर्न कार्तिक २८ गते, शुक्रबार सेबोनमा निवेदन पेश गरेको हो ।
हकप्रद शेयरमा निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।