काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आइपिओ) निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । संस्थाले आइपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।
संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्काशन तथा बिक्री खुल्ला गर्नका लागि हिजो मंसिर ३ गते, सेबोनमा निवेदन पेश गरेको हो ।
संस्थाको उक्त साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड रहेको छ ।