काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले आजबाट संस्थापक समूहको शेयर लिलाम बढाबढ मार्फत बिक्री खुला गरेको छ । संस्थाले आरएमडिसी लघुवित्तको स्वामित्वमा रहेको ३ लाख ७५ हजार ३ सय ७ दशमलव ५७ कित्ता संस्थापक समूहको शेयर खुल्ला गरेको हो ।
उक्त शेयरको न्यूनतम मूल्य प्रति कित्ता ९ सय ५३ रूपैयाँ ३६ पैसा रहेको छ । त्यसैले, यस लिलामी शेयरमा न्यूनतम ९५३ रुपैयाँ ३६ पैसा वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । आवेदन दिँदा न्युनतम एक हजार कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिनेछ ।
त्यसैगरी, उक्त शेयरहरू खरिद गर्न इच्छुक संस्थापक शेयरधनी तथा अन्य व्यक्ति र संस्थाहरूले आजदेखि पुष ८ गतेसम्म बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँमा आइपुग्ने गरि आवेदन पेश गर्न सकनिे संस्थाले जनाएको छ ।