GBIME
IME Life

सानिमा जनरलको नाफा र बीमाकोष दोब्बरले वृद्धि, अधिकांश सूचकमा प्रगति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।कम्पनीले पहिलो त्रैमासको अवधिमा १ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको तुलनामा कम्पनीको नाफा १०९ प्रतिशतले बढेको हो । कम्पनीको गत आर्थिक बर्षको सोहि अवधिमा ७४ लाख ६३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क ४ प्रतिशतले बढेर ३ करोड ६१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ३ करोड ४८ लाख रुपैयाँ रहेको थियो ।

SKYWELL
Crest

त्यस्तै, यस अवधिमा कम्पनीको बीमा कोष ९९ प्रतिशतले बढेर ६ करोड ३९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको बीमा कोषमा ३ करोड २० लाख रुपैयाँ थियो ।
कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ भने जगेडा कोषमा ५ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

पहिलो त्रैमासको अवधिमा २ करोड ६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी रकम ११ करोड १९ लाख रुपैयाँ छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ९५ पैसा र प्रतिशेयर नेटवर्थ १ सय १८ रुपैयाँ १२ पैसा छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS