Connect IPS
IME Life

नेप्से २३ अंकले बढ्दा, ६ कम्पनीको शेयरमा लाग्यो पोजेटिभ सर्किट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको चौथौ दिन (वुधवार) नेप्से २३ दशमलव ३२ अंकले बढेर १,७४१ दशमलव ८१ को विन्दुमा कायम भएको छ ।बैंकिङ्, विकास बैंक र हाईड्रोपावर बाहेक अरु सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।

दिनभरिमा १ सय ९४ कम्पनीको १ करोड १६ लाख ७४ हजार ८ सय ७५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७९ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ३३ करोड ६२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । त्यस्तै, नेपाल टेलिकमको ३०करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

त्यसैगरी, आज ६ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।गोर्खाज फाइनान्स लिमिटेड, हिमालयन डिष्टिलरी लिमिटेड, विशाल बजार कम्पनी लिमिटेड, बोटलर्स नेपाल (तराई) लिमिटेड, साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड र शिवम् सिमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

घलेम्दी हाईड्रोपावरका लगानीकर्ताले ५ दशमलव ८० प्रतिशतका दरले गुमाएका छन् भने युनाईटेड मोदी हाईड्रोपावरका लगानीकर्ताले ५ दशमलव ७५ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS