Connect IPS
IME Life

शिखर इन्स्योरेन्सको बीमाशुल्क आर्जन घट्यो, नाफामा आयो सामान्य सुधार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।कम्पनीले यस अवधिसम्ममा १२ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको तुलनामा कम्पनीको नाफा ८ लाख ८७ हजार रुपैयाँले बढी हो । कम्पनीले गत आर्थिक बर्षको सोहि अवधिमा १२ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको खुद बीमाशुल्क २ करोड ४२ लाख रुपैयाँले घटेर ४३ करोड ४० लाख रुपैयाँमा कायम भएको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ४५ करोड ८३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।

Prabhu
Crest

कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब ३७ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८९ करोड ७४ लाख रुपैयाँ रहेको छ । कम्पनीको बीमा कोषमा एक अर्ब ११ करोड रुपैयाँ र महाविपत्ती कोषमा ९ करोड ४३ लाख रुपैयाँ संचित रहेको छ ।

कम्पनीले यस त्रैमाससम्ममा ७६ हजार ९ सय ४५ वटा बीमालेख जारी गरेर ९० करोड ४३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।कम्पनीले यस अवधिसम्म्मा ३ हजार ६ सय ७१ दाबी बापत ३६ करोड २७ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ४ हजार ७ सय ३८ वटा दाबी बापत ८४ करोड ९५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी (बार्षिक) ३५ रुपैयाँ ५ पैसा, प्रतिशेयर नेटवर्थ २ सय ६० रुपैयाँ ५ पैसा र मूल्य आम्दानी अनुपात ३६.९ गुणा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS