Connect IPS
IME Life

प्रुडेन्सियल इन्स्योरेन्सको नाफा ३०% ले बढ्यो, बीमा कोषमा ५५ करोडमाथि, अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालु आथिृक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३० दशमलव १४ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको यस अवधिमा कम्पनीले ४ करोड ७ लाख १० हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ३ करोड १२ लाख ८० हजार रुपैयाँ नाफा कमाएको थियो ।

असोज मसान्तसम्म आइपुग्दा कम्पनीले जगेडा कोषमा २२ करोड ५० लाख रुपैयाँ संचिती गरेकोे छ । कम्पनीको बीमा कोषमा ५५ करोड ७२ लाख ८५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषको आकार ४७ करोड ९० लाख ४३ हजार रुपैयाँ थियो । गत आर्थिक वर्षको सोही अवकिो तुलनामा कम्पनीको बीमा कोषमा १६ दशमलव ३३ प्रतिशतले बढी हो ।

Prabhu
Crest

समिक्षा अवधिमा कम्पनीले १४ करोड २६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ४१ लाख रुपैयाँ खद बीमा शुल्क आर्जन गरेको थियो । गत आथिृक वर्षको सोही अवधिको तुलनामा कम्पनीकबो खुद बीमा शुल्क आर्जन १४ दशमलव ८७ प्रतिशतले बढी हो ।

असोज मसान्तसम्ममा कम्पनीले १३ करोड १९ लाख ७७ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी रकम ३० करोड ३१ लाख ३४ हजार रुपैयाँ छ ।

यस अवधिसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ १५ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS