Connect IPS
IME Life

नेपाल इन्स्योरेन्सको नाफा ११% ले बृद्धि, कूल बीमा शुल्क ३३ करोड माथि, यस्तो छ अन्य वित्तीय अवस्था

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले यस अवधिसम्ममा १९ करोड ५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कूल बीमा शुल्क आर्जन ३३ करोड भन्दा बढि छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ८५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २० दशमलव १५ प्रतिशतले बढी हो ।

१ अर्ब १५ करोड ३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३८ करोड ९२ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ३९ करोड ५७ लाख रुपैयाँ संचिती रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोष घटेको छ । कम्पनीको बीमा कोषमा ४५ करोड ५८ लाख रुपैयाँ रहेको छ ।

Prabhu
Crest

त्यस्तै, समिक्षा अवधिमा कम्पनीले ५ करोड ४५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ९१ लाख रुपैयाँ मात्र मुनाफाआर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ११ प्रतिशतले धेरै हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ३ करोड ५७ लाख २८ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ७८ लाख रुपैयाँ मात्र खुद दाबी भुक्तानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले ३३ करोड ७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३२ करोड ४४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

प्रति शेयर आम्दानी १९ रुपैयाँ ९१ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय ७३ रुपैयाँ ४७ पैसा रहेको छ । पिइ अनुपात २७.११ गुणा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS