काठमाडौं । माउण्टेन इनर्जी नेपालको आइपीओमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले आज सार्वजिनक बिदा परेका कारण भोली सम्म शेयरमा आवेदन दिन सकिने व्यवस्था गरेको छ ।
कम्पनीले कात्तिक २६ गतेदेखि आइपीओ निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँको दरले १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँको १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्काशन गरेको हो ।
कम्पनीको शेयर ३९ हजार ३६१ कित्ता कर्मचारी, ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोष र बाँकी रहेको १८ लाख ३० हजार २६५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ प्लस रेटिङ्ग प्रदान गरेको छ। आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटल रहेका छन्।