काठमाडौं । सिद्धार्थ बैंकले काठमाडौंको सुविधानगर स्थित सामुदायिक विकास समितिलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाँच लाख आर्थिक सहयोग प्रदान गरेको छ ।
सहयोग रकमको चेक बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरका अजयसिंह भण्डारीले सामुदायिक विकास समितिका अध्यक्ष सुमित्रा कडरियालाई हस्तान्तरण गरेका थिए ।
उक्त रकम समितिले सुविधानगरस्थित मदन स्मृति सामुदायिक पुस्तकालयमा पुस्तक थप गर्न र कम्प्युटर खरिद गरी प्रभावकारी व्यवस्थापना उपयोग गर्नेछ ।