काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको नाफा बढेको छ । कम्पनीले आज प्रकाशन गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले ६३ लाख ५० हजार रुपैयाँ नाफा आर्जन गरेको देखाएको छ ।
अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको २३ लाख ३५ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । यसअवधिमा विद्युत बिक्रीबाट प्राप्त हुने आम्दानी पनि ८ दशमलव ५७ प्रतिशतले बढाएर ८ करोड ५० लाख रुपैयाँ पुराएको छ ।
कम्पनीले आघिल्लो आर्थिक बर्षको सोहि अवधिमा ७ करोड ८२ लाख रुपैयाँ कमाएको थियो । कम्पनीको हालको चुक्ता पुँजी २५ करोड ५१ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा भने १ करोड ६२ लाख रुपैयाँ संचित रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ १ सय ६ रुपैयाँ ३६ पैसा रहेको छ ।