काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ३ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको मुनाफा ७ दशमलव ८२ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब १२ करोड रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी र संचालन नाफा पनि क्रमशः १७ दशमलव ६९ प्रतिशत र ७ दशमलव ६७ प्रतिशतले खुम्चिंदा खुद नाफा पनि प्रभावित भएको देखिन्छ । बैंकको वितरण योग्य नाफा भने ६२ दशमलव ८५ प्रतिशतले बढेकोे छ ।अघिल्लो आर्थिक वर्षमा ७४ करोड २२ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको बैंकले यस त्रैमासमा बढाएर १ अर्ब २० करोड रुपैयाँ पुराएको छ ।
बैंकको हालको चुक्ता पुँजी १० अर्ब ९ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १२ अर्ब ६१ करोड रुपैयाँ छ ।बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ४८ पैसाले घटेर ४१ रुपैयाँ ०३ पैसामा झरेको छ । यसको प्रतिसेयर नेटवर्थ २६७ रुपैयाँ ०८ पैसा रहेको छ ।