Connect IPS
IME Life
Beema Board

एलआईसी नेपालको बीमा शुल्क आर्जन बढ्यो, जीवन बीमा कोषमा ७० अर्ब संचिती

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले पहिलोे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको बीमा शुल्क आर्जन बढेको छ भने जीवन बीमा कोषमा ७० अर्ब रुपैयाँ संचिती गर्न सफल भएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन २० प्रतिशतले बढेर पाँच अर्ब ३ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले २४ करोड ४ करोड १ अर्ब रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

Prabhu
Crest

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार पहिलो त्रैमासको अवधिमा कम्पनीको खुद नाफा १४४ प्रतिशतले बढेर ५ करोड ७९ लाख रुपैयाँ पुगेको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले २ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको पुनर्बीमा कमिशन आयबाट ५० लाख रुपैयाँ भन्दा बढी आर्जन गरेको छ भने लगानी कर्जा तथा अन्यबाट आय १ अर्ब २५ करोड रुपैयाँ आर्जन गरेको छ ।

समिक्षा अवधिमा कम्पनीले यस अवधिसम्ममा चार हजार १ सय ५९ टा दाबी वापत २७ लाख ५३ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी २ रुपैयाँ ८८ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय ४० रुपैयाँ ४३ पैसा रहेको छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ । जगेडा कोष भने ५७ करोड ६२ लाख रुपैयाँ रहेको छ भने जीवन बीमा कोषमा ७० अर्ब रुपैयाँ संचित रहेको छ ।कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ८८ पैसा र प्रतिशेयर नेटवर्थ १ सय ४० रुपैयाँ ४३ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS