Connect IPS
IME Life

हिमालयन जनरल इन्स्योरेन्सको नाफा घट्यो, बीमाशुल्क आर्जन बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले पहिलोे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।पहिलो त्रैमासको अवधिमा कम्पनीको खुद मुनाफा घटेको छ । चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा कम्पनीले खुद नाफा १७ प्रतिशतले घटेर २ करोड ६२ लाख रुपैयामा सिमित भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले ३ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ७ प्रतिशतले बढेर ८ करोड ३८ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ७ करोड ७८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो ।

Prabhu
Crest

कम्पनीले यस अवधिसम्ममा तीन हजार ७ सय ४९ वटा दाबी वापत १ अर्ब १३ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ भने एक हजार भन्दा बढी दाबी वापतको २५ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकि रहेको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ६ करोड रुपैयाँ रहेको छ । जगेडा कोष भने २५ करोड २० लाख रुपैयाँ रहेको छ भने बीमा कोषमा ५७ करोड ४१ लाख रुपैयाँ संचित रहेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ४६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ८२ रुपैयाँ १४ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS