काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलबाट डिजिटल कारोबार गर्दा क्यास ब्याक पाईने भएको छ । बैंकले ल्याएको “यो तिहार, सिटिजन्स डिजिटल कारोबारमा क्यास ब्याकको बहार”योजना अन्तर्गत क्यास ब्याक पाउन सकिने जनाएको छ ।
ग्राहकहरुले मोबाइल बैकिङ्गमार्फत तिहारमा पैसा पठाउँदा १०० रुपैयाँ क्यासब्याक प्राप्त गर्ने बैंकले जनाएको छ । कार्तिक २९ देखि मंसिर १ गतेसम्म ३ पटक गरी २ हजार रुपैयाँभन्दा बढी रकम मोबाइल बैकिङ्ग मार्फत रकमान्तर गरेमा सो क्यास ब्याक प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
हालसम्म बैंकले १११ वटा शाखा, ९९ वटा एटिएम र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट बैंकिङ सेवा दिँदै आइरहेको छ ।