काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेड र नवकिरण लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर ८ गते सोमबारदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् ।
नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई कार्तिक १९ गते अन्तिम स्वीकृती प्रदान गरिसकेको छ ।
दुवै कम्पनीको वैशाख १७ गते सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । यस्तै, कम्पनी रजिष्ट्रार कार्यालयले पनि कार्तिक २४ गते स्वीकृती प्रदान गरेको थियो ।