काठमाडौं । प्रभु बैंकले नयाँ एक्स्टेन्सन काउण्टर विस्तार गरेको छ । बैंकले सुर्खेतको विरेन्द्रनगर नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा नयाँ एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।
उक्त एक्स्टेन्सन काउण्टरबाट प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र कार्यलयको काम गर्न सहज र सरल हुने बैंकले दावी गरेको छ ।
बैंकले २११ वटा शाखा, २०१ वटा एटीएम, ५५ वटा एक्स्टेन्सन काउण्टर तथा १८ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिदै आइरहेको छ ।