काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज एकै दिन नयाँ रेडर्क कायम भएको छ । तिहार अघिको अन्तिम दिन एकै दिन चार अर्ब ८२ करोड ६२ लाख ८६ हजार ५५१ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा कूल १९८ वटा कम्पनीको एक करोड ३८ लाख ८९ हजार १८९ कित्ता शेयर बिक्री गरी सो मात्रामा शेयर खरिद बिक्री भएको हो ।
बिहिवार एकै दिन नेप्से १०.८२ अंकले बृद्धि भई १७१८.४९ अंकमा पुगेको छ । नेप्सेमा एकै दिन यति धेरै कारोबार भएको यो पहिलो रेकर्ड हो । अर्थमन्त्री विष्णु पौडेलेले अर्थतन्त्रलाई नयाँ दिशामा डोर्याउँदै गर्दा दोस्रो बजार छलाङ मार्न थालेको विश्लेषण गरिएपनि आधिकारिक तथ्य बाहिर आएको छैन । विश्लेषण गर्नेहरुले अनेकन कोणबाट विश्लेषण गर्दै आएका छन् । यसअघि पुगेको १८०० को रेडर्कलाई पछ्याउँदै नेप्से अघि बढ्न थालेपछि लगानीकर्ताहरु भने थप उत्साहित हुँदैछन् ।
बिहिवार साल्ट ट्रेडिङ र बिशाल बजार कम्पनीका लगानीकर्ताले धेरै कमाएका छन् भने गणपति माइक्रोफाइनान्सका लगानीकर्ताले पाँच प्रतिशतका दरले गुमाएका छन् ।