Connect IPS
IME Life

वोमी लघुवित्तको नाफा १ करोडमाथि, यस्तो छ अन्य सूचक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तयि विवरण प्रकाशन गरेको संस्थाले यस अवधिसम्म १ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको वर्षको सोही अवधिको भन्दा ९ दशमलव ४७ प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले १ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

हाल यसको चुक्ता पुँजी २७ करोड ७८ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १९ करोड ८९ लाख रुपैयाँ छ ।

Prabhu
Crest

कम्पनीको खुद ब्याज आम्दानी भने ७ दशमलव ४७ प्रतिशतले बढेर ४ करोड ६३ लाख पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ४ करोड ३१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

कम्पनीको सञ्चालन नाफा २ करोड ९२ लाख रुपैयाँबाट घटेर २ करोड ६४ लाख रुपैयाँमा सीमित भएको छ ।

असोजसम्म ९३ करोड ६ लाख २४ हजार रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ४५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ६७ करोड ६१ लाख रुपैयाँ निक्षेप संकलन गरेर २ अर्ब ३ करोड कर्जा लगानी गरेको थियो ।

प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९८ पैसा रहेको वोमीको प्रतिसेयर नेटवर्थ १ सय ७१ रुपैयाँ ५९ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS