Connect IPS
IME Life

यस्तो देखियो सिभिल लघुवित्तको प्रथम त्रैमास

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिभिल लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सिभिल लघुवित्तले ४० लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।गत आर्थिक वर्षको सोही अवधिमा भन्दा १० दशमलव ९४ प्रतिशतले नाफा कम हो । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ४५ लाख ६९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

असोज मसान्तसम्म आइपुग्दा संस्थाको खुद ब्याज आम्दानी ६ दशमलव ६० प्रतिशतले बढेर २ करोड ३६ लाख ७७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २ करोड २२ लाख ११ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

Prabhu
Crest

त्यस्तै, सञ्चालन नाफा ४ दशमलव ५७ प्रतिशतले बढेर ६३ लाख ९४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा संस्थाले ६१ लाख १४ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

संस्थाले यसअवधिमा ४३ करोड ५५ लाख ९ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब ५२ करोड ५९ लाख ७९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९६ पैसा वार्षिक र प्रतिसेयर नेटवर्थ १ सय ४३ रुपैयाँ ९७ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS