Connect IPS
IME Life

२४ घण्टाभित्रैमा रिङरोडमा दुई ठूला दुर्घटना, तीन जनाको मृत्यु, लाखौं बीमा दावी पर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राजधानीको दुई जिल्ला जोड्ने चक्रपथमा एकै दिन दुई ठूला दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच वटा सवारी साधनमा क्षति पुग्दा लाखौं रुपैयाँ बीमा दावी पर्ने भएको छ ।

काठमाडौंको कलंकीमा २७ गते बिहिवार बिहान पार्किङ गरेर राखेको ट्रकमा अर्को ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ । मकालु पेट्रोल पम्पको छेउमा पार्किङ गरेर राखेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बा ५ ख ८८६५ नम्बरको ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कलंकीले जनाएको छ । बा ५ ख ८८६५ नम्बरको ट्रकमा सवार ३ जनाको मृत्यु भएको प्रहरीले जनाएके छ ।

Prabhu
Crest

दुर्घटनामा नुवाकोट सुन्दरदेवी गाँउपालिकाका २४ वर्षीय रोशन तामा, नुवाकोट तारकेश्वरका ३७ वर्षीय माधव घिमिरे र एकजना अन्यको सहिद मेरोरियर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका नुवाकोटका विजय तामाङको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बुधबार अपरान्ह ललितपुरको ग्वार्खोस्थित चक्रपथमा चार वटा सवारी साधनमा क्षति पुग्ने गरी भएको सवारी दुर्घटना भएको २४ घण्टाभित्रैमा आज अर्को दुर्घटना भएको हो । बुधबार भएको दुर्घटनामा तीन जना घाइते भएका छन् भने एउटा बस, एउटा भ्यान र दुई वटा मोटरसाइकलमा क्षति पुगेको छ । बुधबार दिउँसो बालकुमारीबाट सातदोबाटोतर्फ जाँदै गरेको बा५ख ७६४६ नम्वरको बसको ब्रेक फेल भएपछि सडकमा गुडिरहेका बा२१च ७४६८ पिकअप भ्यान र दुई वटा मोटरसाइकललाई ठक्कर दिएको महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटोका प्रहरी निरिक्षक भोलामान सिंहले जानकारी दिए ।

दुवै घट्नामा लाखौं रुपैयाँ बीमा दावी पर्ने भएको छ । बुधबारको घटना र आज विहानको घट्ना सार्वजनिक सवारीका कारण दुर्घटना भएकोले लाखौं रुपैयाँ बीमा दावी पर्ने भएको छ । तेस्रो पक्ष बीमा तथा फूल इन्स्योरेन्सको बीमा दावी पर्ने देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS