Connect IPS
IME Life

राष्ट्रिय वाणिज्य बैंक र खजुरा गाँउपालिकाबीच सम्झौता, सहुलियतपूर्ण कर्जा दिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । बैंकले बाँकेको खजुरा गाँउपालिकामा उद्यम गर्ने युवालाई सहुलियतपूर्ण कर्जा दिन लागेको हो । यसै सम्बन्धमा मंगलबार बैंक र सो गाउँपालिकाबीच सम्झौता भएको छ ।

सम्झौतामा बैंकका लुम्बिनी प्रादेशिक प्रबन्धक आनन्द सुवेदी र गाँउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले हस्ताक्षर गरे ।

Prabhu
Crest

सम्झौता पछि गाँउपालिकाले आफ्नो क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्नेछ । यसरी तालिम प्राप्त व्यक्तिलाई गाउँपालिकाले कर्जाको लागि बैंकमा सिफारिस गर्नेछ । सिफारिसमा परेका उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने जनाएको छ ।

कार्यक्रममा बैंंकका लुम्बिनी प्रादेशिक प्रबन्धक सुवेदीले यस्तो कर्जाले निर्वामुखी कृषि उत्पादनलाई व्यवसायीकरण गरी देशलाई समृद्धसँग जोड्न सघाउ पुर्याउने बताए । गाँउपालिकाका अध्यक्ष कक्षपतिले यस्तो कर्जाको उपभोगबाट व्यक्तिको आफ्नो आर्थिक स्तर उकास्न सघाउ पुग्ने र कर्जामा गाँउपालिकाको संस्थागत ग्यारेण्टी हुने बताए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS