Connect IPS
IME Life

निर्धन उत्थान लघुवित्तको खराब कर्जा १२ प्रतिशत पुग्यो, २७ करोड घाटामा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको खराब कर्जा उल्लेख्य मात्रामा बृद्धि भएपछि २७ करोड रुपैयाँ घाटामा गएको छ । कोभिडका कारण ऋणीहरुले नियमित रुपमा किस्ता तिर्न नसकेपछि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको सञ्चालन मुनाफा २७ करोड ९२ लाख ८९ हजार रुपैयाँले ऋणात्मक भएको छ ।

लघुवित्तले गत आर्थिक वर्षको पहिलो त्रैमासमा २१ करोड ६३ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएकोमा यस वर्ष कोरोनाको प्रभाव परेको हो । कम्पनीको सञ्चालन मुनाफा भने २५ करोड ७० लाख मुनाफामा रहेकोमा ५३ करोड रुपैयाँ प्रोभिजन गर्नु परेका कारण कम्पनीको मुनाफा ऋणात्मक भएको हो ।

Prabhu
Crest

एक अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजि रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी वार्षिक प्रतिशेयर आम्दानी १८ रुपैयाँ ६२ पैसा ऋणात्मक छ भने खराब कर्जा अनुपात १२.८९ प्रतिशतमा रहेको छ । असोज मसान्तसम्ममा लघुवित्तले १४ अर्ब निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब ५ करोड ७ लाख रुपैयाँ सापटी लिएर २० अर्ब ४३ करोड ३४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS