Connect IPS
IME Life

मिर्मिरे लघुवित्तको नाफा २ करोड १७ लाख, यस्तो छ अन्य सूचक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले यस अवधिमा २ करोड १७ लाख ३७ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा १ दशमलव ७२ प्रतिशतले बढी हो । अघिल्लो वर्ष संस्थाले २ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

४० करोड २३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा १५ करोड २० लाख रुपैयाँ संचिती रहेको छ ।

Prabhu
Crest

समिक्षा अवधिमा संस्थाले ६ करोड १८ लाख २२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको खुद ब्याज आम्दानी २० दशमलव ९८ प्रतिशतले बढी हो । गत वर्ष संस्थाले ५ करोड १० लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

त्यस्तै, चालु आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थाले सञ्चालन नाफा ३ करोड १२ लाख रुपैयाँबाट बढाएर ३ करोड ३५ लाख पुर्याएको छ ।

समिक्षा अवधिमा संस्थाले १ अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ६५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ८३ करोड ८९ लाख रुपैयाँ मात्र निक्षेप संकलन गरी २ अर्ब ४५ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

संस्थाको खराब कर्जा २ दशमलव ७२ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी २१ रुपैयाँ ७४ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ८० पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS