काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ शाखा बझाङको जय पृथ्वी नगरपालिका वडा नं. १० मा नयाँ शाखा विस्तार गरेको छ।
नयाँ शाखा विस्तार भएसँगै बैंकको शाखा कार्यालयहरूको संख्या २ सय ६२ नाघेको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने हेतुले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।